प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने चिकित्सकको विश्वास | Khabarhub Khabarhub

प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने चिकित्सकको विश्वास


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् ।

उनले भने,‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो । यो अत्यन्तै राम्रो पक्ष हो । यो हामी नेपाली चिकित्सकहरुले आर्जन गरेको कुरा पनि हो । हामी सेवा दिन सक्छौं भन्ने पक्ष हो ।’

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए ।

उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रुपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ । उनले भने,‘हिजो प्रधानमन्त्रीज्यू भर्ना हुनुभयो, आज अब्जर्भेशनमा राखिएको छ । भोलि, उहाँको ट्रान्सप्लान्ट हुन्छ ।’

उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए । उनले भने,‘शरिरले साथ दिएसम्म उहाँ स्वस्थ हुनुहुन्छ । कुनै ईन्फेक्शन भएन, हृदयघात वा सडेन डेथ भएन भने लामो समयसम्म चल्न सक्छ ।’ नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे ।

वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौलाको पुनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताए । नेपालका नेताहरुले सानो रोग लाग्दापनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदे पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए ।

उनले भने,‘ओलीले पनि यसअघिका पाप धोए । केही महिनाअघिपनि उनले सिंगापुरमा उपचार गरेका थिए । अहिले मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गरेर नेपालीहरुको ईज्जत बढाईदिए । त्यतिमात्रै होईन, नेपाली डाक्टरहरुको पनि ईज्जत बढाए ।’

उनले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । उनले भने,‘अहिले कोरोना भाईरसको समय चलिरहेको छ । अहिले नै प्रत्यारोपण गर्नुपर्ने कारण के थियो ? उहाँले त नियमित डायलायसिस गरिरहनुभएको थियो ।’

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : ३९ बजे

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको

कार्यकर्तालाई रविको आग्रह : सरकारले जे पनि गर्न सक्छ, अलर्ट रहनुहोला

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सरकारले

क्यानडाविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी

चीन गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का