कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज « Khabarhub

कोरोना संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना डिस्चार्ज भएका छन् ।

दक्षिण कोरियाबाट फर्किएका २ सहित ४ जना नेपाली कोरोना संक्रमणको आशंकामा आइतबार टेकु अस्पताल भर्ना भएका थिए ।

कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको नमूना (स्याम्पल) संकलन गरी परीक्षण गरिएको थियो । नमूना संकलन गरिएको ७२ घण्टापछि आएको रिपोर्टमा उनीहरुलाई संक्रमण भएको नदेखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।

‘कोरोना संक्रमणको आशंकामा भर्ना भएका चारै जनाएको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रवक्ता डा. बास्तोलाले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई डिस्चार्ज गरिएको छ ।’

प्रवक्ता बास्तोलाका अनुसार कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका १ जनामा भने इन्फ्लूएन्जाको संक्रमण देखिएको छ ।

एन्फ्लूएन्जाको संक्रमण भएका व्यक्तिलाई भने चिकित्सकको सल्लाहमा थप उपचार गर्ने गरी आराम गर्न सल्लाह दिइएको बास्तोलाले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ६ : ४६ बजे

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय

गोलबजार मेयर गोल्डकप : उद्घाटन खेलमा राष्ट्रिय जागृतिको जित

सिरहा– सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार

असारअघि बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्र खुल्न कठिन, वैकल्पिक बाटो छिचोल्न पनि समस्या

काठमाडौं- बर्खे झरी होस वा हिउँदको सामान्य वर्षा । राजधानीसँग

वराहक्षेत्रमा बुधबारदेखि ‘कोशी पर्यटन महोत्सव’ हुँदै

सुनसरी– कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी