राष्ट्रियसभामा कार्यकाल पूरा गरेका सांसदले सुनाए आ-आफ्ना अनुभव | Khabarhub Khabarhub

राष्ट्रियसभामा कार्यकाल पूरा गरेका सांसदले सुनाए आ-आफ्ना अनुभव


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरी आज बिदाइ भएका सांसदले सदनमा आफ्ना अनुभव सुनाउँदै उक्त अवधि उपलब्धिमूलक भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले सत्तापक्ष र प्रतिपक्षको परिपक्व भूमिकाले सभाको गरिमा बढेको अनुभव समेत सुनाएका थिए ।

बैठकमा बद्रीप्रसाद पाण्डेले यस अवधिमा ‘सानो परिवार, सुखी परिवार’को अनुभव भएको बताउँदै समयमा बैठक सञ्चालन गर्ने काम भएको र दलीय प्रभावबाट मुक्त रहने प्रयास गर्ने काम भएको बताए । उनले आगामी दिनमा वर्षमा कम्तीमा दुई पटक मतदातासम्म पुग्ने व्यवस्था गर्नुपर्नेमा सदनको ध्यानाकर्षण गराए ।

सांसद कालीबहादुर मल्लले गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिनु स्वभाविक प्रक्रिया भएको बताउँदै यस अवधिमा धेरै अनुभव हासिल गर्ने अवसर प्राप्त गरेको धारणा व्यक्त गरेका थिए ।

सांसद कमलाकुमारी ओलीले आगामी दिनमा सांसदबीच विभेद हुने गरी बजेट विनियोजन नहोस् भन्ने आग्रह गरिन् । सांसद खेमराज नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवमा केक काटिएको प्रसङ्गमा देखिएको नकारात्मक टिप्पणी नकारात्मक मानसिकताको उपज मात्र भएको धारणा व्यक्त गरेका थिए ।

सांसद धनकुमारी खतिवडाले छोटो समयमा धेरै महत्वपूर्ण विधेयक पारित भएको बताउँदै सभामा सत्ता पक्ष र प्रतिपक्षको भूमिका विधेयकको छलफल र पारितमा केन्द्रित हुँदा सभाको गरिमा बढ्ने बताइन् । सांसद बलरामप्रसाद बाँस्कोटाले संसद जनताका समस्या समाधानको थलो भएको बताउँदै सभामा अध्यक्षको भूमिकाले सदन प्रभावकारी भएको बताए ।

सांसद मीना बुढाले सदनमा जनताका कुरा उठाउन पाएको अनुभव सुनाउँदै यो अनुभवले खुशी भएको बताइन् ।  सांसद मुक्ताकुमारी यादवले सदनमा यस अवधिमा धेरै काम भएको र गर्न बाँकी रहेका काम आगामी दिनमा सम्पन्न हुने अपेक्षा गरिन। सांसद युटोल तामाङले सभामा जनजातिको कोटा थप गर्नुपर्ने माग गरेका थिए । सांसद रमेशप्रसाद यादवले अध्यक्षले सभाको मर्यादा बढाउन ठूलो योगदान गरेको अनुभव गरेको बताउँदै धन्यवाद दिए ।

सांसद राजकुमार कुँवरले यस अवधिमा तितामीठा अनुभव भएको सुनाउँदै घाइते र अपाङ्गताका मुद्दा सदनमा उठाएर धेरै कानून निर्माण गर्न सफल भए पनि अझै केही कानून बनाउन बाँकी रहेको बताए । सांसद विन्दादेवी आले रानाले स्थानीय तहका सरकारले लगाएका कतिपय करसम्बन्धी प्रत्यायोजित गरिएको अधिकारका बारेमा सदनको ध्यानाकर्षण गराए ।

सांसद सरिता प्रसाईले केही दिनमा निधन हुनुभएका राष्ट्रिसभाका सांसद दुर्गाप्रसाद उपाध्यायप्रति श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।  साथै उनले सदनमा सत्तापक्ष र प्रतिपक्षबीच सुमधुर सम्बन्धले सदन अगाडि बढेकामा खुशी व्यक्त गरिन् ।

सांसद हरिचरण शिवाकोटीले आफू कृषि क्षेत्रको सामान्य व्यक्तिले सिंहदरबार, सरकार र दुवै सदनका बारेमा जान्ने मौका पाएको बताउँदै सदनमा प्रतिपक्ष दलको सिर्जनात्मक कार्यले सदनको गरिमा बढेको अनुभव सुनाएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ४५ बजे

रवीन्द्र मिश्र र दुर्गा प्रसाईं अझै ५ दिन हिरासतमा बस्नुपर्ने

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज