एक लाख रुपैयाँसहित दाङमा ७ जुवाडे पक्राउ « Khabarhub

एक लाख रुपैयाँसहित दाङमा ७ जुवाडे पक्राउ


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रहरीले एक लाख भन्दा बढी रकमसहित दाङमा सात जना जुवाडेलाई पक्राउ गरेको छ।

दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले १ लाख १६ हजार ५०० रकमसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारी निवासी ४० वर्षीय शुकबहादुर बुढा, ३८ वर्षीय भीमबहादुर कँडेल, २६ वर्षीय मिनबहादुर घिमिरे ,४६ वर्षीय चेतानन्द बस्नेत, ३२ वर्षीय वसन्त थापा, ३० वर्षीय यमबहादुर केसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ३८ वर्षीय प्रेम विक पक्राउ परेका छन्।

बुढाको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता खड्काले बताए।

पक्राउ परेका सबैजना विरुद्ध अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : १२ बजे

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला