कोरोना त्रास : ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन | Khabarhub Khabarhub

कोरोना त्रास : ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसारभर कोरोना (कोभिड-१९) भाइरसको संक्रमण बढेसँगै शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ३९ बजे

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स