अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने | Khabarhub Khabarhub

अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिममा रहेका नेपालसहित विश्वका २५ देशहरूमा भाइरसबाट बच्‍न पूर्व तयारी र रोकथामको लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।

उक्त रकम अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यूएसएआईडी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत खर्च गरिने उल्लेख छ। यूएसएआईडीका कार्यक्रमहरु सञ्चालन गर्ने बहुपक्षीय संस्थाहरूबाट पनि रकम उपलब्ध गराइने छ।

अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजाकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजाकिस्तान, फिलिपिन्स, तुर्केमेनिस्तान, उज्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगलादेश, म्यानमार, कम्बोडिया, इथोपिया, किर्गिस्तान, मंगोलिया, लाओस, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड र भियतनामका लागि उक्त रकम सहयोग गर्ने अमेरिकाले जनाएको हो ।

उक्त सहयोग अन्तर्गत डब्लूएचओले ती मुलुकहरुमा हालको लागि भाइरसको परीक्षण गर्ने, आपतकालीन सार्वजनिक स्वास्थ्य सुरक्षामा सहयोग गर्ने, आवत–जावत गर्दा नाकाहरूमा स्वास्थ्य परीक्षण गर्ने, संक्रमण बारेमा अनुसन्धान गर्ने, आवश्यक प्रविधिहरु उपलब्ध गराउने, स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने जस्ता काम गर्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ४९ बजे

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको