अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने « Khabarhub

अमेरिकाले कोरोना रोकथामका लागि ३ करोड ७० लाख डलर सहयोग गर्ने


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिममा रहेका नेपालसहित विश्वका २५ देशहरूमा भाइरसबाट बच्‍न पूर्व तयारी र रोकथामको लागि करिब ३ करोड ७० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।

उक्त रकम अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यूएसएआईडी) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मार्फत खर्च गरिने उल्लेख छ। यूएसएआईडीका कार्यक्रमहरु सञ्चालन गर्ने बहुपक्षीय संस्थाहरूबाट पनि रकम उपलब्ध गराइने छ।

अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजाकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजाकिस्तान, फिलिपिन्स, तुर्केमेनिस्तान, उज्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगलादेश, म्यानमार, कम्बोडिया, इथोपिया, किर्गिस्तान, मंगोलिया, लाओस, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड र भियतनामका लागि उक्त रकम सहयोग गर्ने अमेरिकाले जनाएको हो ।

उक्त सहयोग अन्तर्गत डब्लूएचओले ती मुलुकहरुमा हालको लागि भाइरसको परीक्षण गर्ने, आपतकालीन सार्वजनिक स्वास्थ्य सुरक्षामा सहयोग गर्ने, आवत–जावत गर्दा नाकाहरूमा स्वास्थ्य परीक्षण गर्ने, संक्रमण बारेमा अनुसन्धान गर्ने, आवश्यक प्रविधिहरु उपलब्ध गराउने, स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने जस्ता काम गर्नेछ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ४९ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट