इयूका सांसदद्वारा भारतीय संविधानको धारा ३७० खारेजीको स्वागत « Khabarhub

इयूका सांसदद्वारा भारतीय संविधानको धारा ३७० खारेजीको स्वागत


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- जम्मू कश्मीरका पत्रकार, युरोपेली युनियनका सांसद्हरु तथा विदेशी विज्ञहरुले भारतले संविधानको धारा ३७० खारेज गरेकोमा स्वागत गरेका छन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् युएनएचआरसीको ४३ औं सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा सहभागीहरुले कमजोर मानवअधिकारका बावजुद पाकिस्तानले जम्मू कश्मीरको मामिलामा हस्तक्षेप गरेको विषयमा समेत चर्चा गरेका छन् ।

युरोपेली संसाद्का पूर्व सदस्य नाथन गिलले सविधानको धारा ३७० खारेज गर्न भारत सरकारले चालेको कदमको प्रसंशा गर्दै आतंकवाद विरुद्धको लडाईँमा यो कदम महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै कश्मीरकी महिला अधिकारकर्मी सइद तेहिमाले धारा ३७० खारेज भएसँग जम्मू कश्मीरका महिलाले अधिक महिला अधिकार प्राप्त गर्ने बताइन् । अब राज्यबाहिर विवाह गर्ने जम्मस् कश्मीरकी महिलाले पनि सम्पत्तिमा उत्तिकै हक राख्ने विचार व्यक्त गरिन् ।

यसअघि जम्मू कश्मीरकी महिलाले अन्य राज्यमा विवाह गर्दा जम्मू र कश्मीरमा उनी तथा उनका सन्तानका लागि सम्पत्तिको हक दिइएको थिएन ।

उनले कश्मीरका विषयमा पाकिस्तानले हस्तक्षेप गर्ने कुनै अधिकार नरहेको भन्दै पाकिस्तान सरकारलाई आफ्नै मुलुकभित्रको मानवअधिकाको चिन्ता गर्न समेत आग्रह गरिन् । त्यस्तै, युरोपेली सांसद गियान्ना गान्सियाले पाकिस्तानमा गिर्दो मानव अधिकारको अवस्थाबारे धारणा राखिन् ।

उनका अनुसार पाकिस्तान अलपसङ्ख्यकहरु पीडित बनिरहेका छन् । उनले भारत सरकारले नागरिकताका विषयमा ल्याएको नयाँ विधेयकले पाकिस्तानमा दमनमा परेका अल्पसंख्यकलाई भारतले नागरिकता दिने बाटो खुल्ने विचार व्यक्त गरिन् ।

युरोपेली आयोगका पूर्व निर्देशक ब्रायन टोलले कश्मीर विश्वको सबैभन्दा सुन्दर भूभागको रुपमा रहेको बताउँदै पछिल्ला केही वर्षमा पाकिस्तानको सहयोगका कारण त्यस क्षेत्रमा आतंकवाद मौलाएको बताए ।

त्यसैगरी गिल्गीट बाल्टिस्तान अध्ययनका अध्यक्ष सेङ्गे सेरिङले पाकिस्तानले गिल्गिट बाल्टिस्तानलाई कश्मीरमा आतंककारी आक्रमण गर्नका लागि उपयोग गरिरहेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५८ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय