इयूका सांसदद्वारा भारतीय संविधानको धारा ३७० खारेजीको स्वागत « Khabarhub

इयूका सांसदद्वारा भारतीय संविधानको धारा ३७० खारेजीको स्वागत


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- जम्मू कश्मीरका पत्रकार, युरोपेली युनियनका सांसद्हरु तथा विदेशी विज्ञहरुले भारतले संविधानको धारा ३७० खारेज गरेकोमा स्वागत गरेका छन् ।

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् युएनएचआरसीको ४३ औं सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा सहभागीहरुले कमजोर मानवअधिकारका बावजुद पाकिस्तानले जम्मू कश्मीरको मामिलामा हस्तक्षेप गरेको विषयमा समेत चर्चा गरेका छन् ।

युरोपेली संसाद्का पूर्व सदस्य नाथन गिलले सविधानको धारा ३७० खारेज गर्न भारत सरकारले चालेको कदमको प्रसंशा गर्दै आतंकवाद विरुद्धको लडाईँमा यो कदम महत्वपूर्ण हुने धारणा राखे ।

त्यस्तै कश्मीरकी महिला अधिकारकर्मी सइद तेहिमाले धारा ३७० खारेज भएसँग जम्मू कश्मीरका महिलाले अधिक महिला अधिकार प्राप्त गर्ने बताइन् । अब राज्यबाहिर विवाह गर्ने जम्मस् कश्मीरकी महिलाले पनि सम्पत्तिमा उत्तिकै हक राख्ने विचार व्यक्त गरिन् ।

यसअघि जम्मू कश्मीरकी महिलाले अन्य राज्यमा विवाह गर्दा जम्मू र कश्मीरमा उनी तथा उनका सन्तानका लागि सम्पत्तिको हक दिइएको थिएन ।

उनले कश्मीरका विषयमा पाकिस्तानले हस्तक्षेप गर्ने कुनै अधिकार नरहेको भन्दै पाकिस्तान सरकारलाई आफ्नै मुलुकभित्रको मानवअधिकाको चिन्ता गर्न समेत आग्रह गरिन् । त्यस्तै, युरोपेली सांसद गियान्ना गान्सियाले पाकिस्तानमा गिर्दो मानव अधिकारको अवस्थाबारे धारणा राखिन् ।

उनका अनुसार पाकिस्तान अलपसङ्ख्यकहरु पीडित बनिरहेका छन् । उनले भारत सरकारले नागरिकताका विषयमा ल्याएको नयाँ विधेयकले पाकिस्तानमा दमनमा परेका अल्पसंख्यकलाई भारतले नागरिकता दिने बाटो खुल्ने विचार व्यक्त गरिन् ।

युरोपेली आयोगका पूर्व निर्देशक ब्रायन टोलले कश्मीर विश्वको सबैभन्दा सुन्दर भूभागको रुपमा रहेको बताउँदै पछिल्ला केही वर्षमा पाकिस्तानको सहयोगका कारण त्यस क्षेत्रमा आतंकवाद मौलाएको बताए ।

त्यसैगरी गिल्गीट बाल्टिस्तान अध्ययनका अध्यक्ष सेङ्गे सेरिङले पाकिस्तानले गिल्गिट बाल्टिस्तानलाई कश्मीरमा आतंककारी आक्रमण गर्नका लागि उपयोग गरिरहेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ९ : ५८ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य