प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतीय डाक्टर कुमार नेपालमा « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतीय डाक्टर कुमार नेपालमा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतीय चिकित्सक डाक्टर अनन्त कुमार नेपाल आएका छन् ।

डाक्टर कुमार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट आजै लाइसेन्स समेत लिइसकेका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुन डाक्टर कुमारले काउन्सिलबाट ६ दिनको चिकित्सा अभ्यास अनुमति पत्र लाइसेन्स लिएका हुन् ।

नेपालमा विदेशी चिकित्सकले काउन्सिलबाट लाइसेन्स लिएपछि मात्र चिकित्सा सेवामा खटिन पाउछन् । ‘काउन्सिलमा दर्ता नभएको चिकित्सकले उपचारमा संलग्न हुन पाइदैन,’ स्रोतले खबरहबसँग भन्यो, ‘झनै प्रधानमन्त्री जस्तो देशको नेतृत्व गर्ने व्यक्तिको उपचार गर्ने वा अप्रेसनमा संलग्न हुने व्यक्तिको दर्ता अनिवार्य हुन्छ । त्यसैले डा अनन्तले ले काउन्सिलबाट लाइसेन्स लिएका छन् ।’

नेपालमा एमबीबीएस तथा विशेषज्ञ चिकित्सकहरूले काउन्सिलको परीक्षा पास गरेर मात्र लाइसेन्स पाउँछन् । तर, नेपालमा यसअघि पनि नेपालीको उपचारका लागि विदेशी चिकित्सकहरू ल्याइने गरिएको छ ।

केही समयका लागि मात्र उपचारमा संलग्न हुन आउने चिकित्सक लाई मेडिकल काउन्सिलले उनीहरूको आफ्नो देशको मेडिकल काउन्सिलको लाइसेन्स र सरकारको सिफारिस अनुसार नेपाल मेडिकल काउन्सिलले पनि लाइसेन्स दिने गरेको स्रोतले बतायो ।

डा अनन्त प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक समेत हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ५७ बजे

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई

रोहित पौडेलको कप्तानी यात्रालाई लिएर पारस खड्का भावुक, भने- ‘हामीलाई तिम्रो अझै खाँचो छ’

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं पूर्वकप्तान

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ– उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम–कोरोलानाका जोड्ने मुस्ताङको लो