अस्वस्थताका बीच अध्यक्ष प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई « Khabarhub

अस्वस्थताका बीच अध्यक्ष प्रचण्डले भेटे प्रधानमन्त्री ओलीलाई


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिचिङ अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष प्रचण्ड मंगलबार साँझ अस्पताल पुगेका हुन् । रुघाखोकीका कारण अस्वस्थ रहेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै स्वास्थ्य लाभको कामना गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ मौसमी रुघाखोकीका कारण अस्वस्थ रहेको स्रोतले जानकारी दिएको हो ।

मौसमी रुघाखोकीका कारण अस्वस्थ बनेपछि उनी केही दिन सार्वजनिक कार्यक्रममा सहभागी नहुने स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

स्रोत भन्यो,  ‘उहाँलाई सामान्य रुघाखोकी लागेको छ, केही दिन उहाँले भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता जनाउनुहुने छैन।’

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौंला प्रत्यारोपण गरिने छ ।

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : ४८ बजे

अनपेक्षित थिएन कप्तानगञ्ज घटना, कहाँ चुक्यो सुरक्षा संयन्त्र ?

काठमाडौं– सुनसरी जिल्लाको सुदूर दक्षिणी भेगमा धेरै गञ्जहरू छन् ।

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा

काठमाडौं– सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा