कोरोना संक्रमितलाई ख्याल गर्ने १५ तरिका « Khabarhub

कोरोना संक्रमितलाई ख्याल गर्ने १५ तरिका


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड १९ अर्थात कोरोना भाइरसको महामारी विश्वभर छ । दैनिक करीब १ लाख नयाँ संक्रमित बढिरहेका छन् । नेपालमा समेत ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

जसका कारण देश लकडाउनमा छ । यो बेला कुनै मानिसमा कोरोनाको लक्षण देखापरे उसलाई तुरुन्त अस्पताल लानुपर्छ । यदि कोहि मानिसमा कोरोनाको संक्रमण छ वा यसका बिरामी छन् भने यी उपायबाट उनीहरुको ख्याल राख्ने तथा सावधानी अपनाउने गर्नुपर्दछ ।

१. संक्रमित ब्यक्तिलाई अलग्गै कोठाको ब्यवस्था गर्नुहोस् ।
२. संक्रमितलाई हरपल अनिवार्य मास्क लगाउन अह्राउनुहोस् ।
३. संक्रमितले ब्यक्तिले प्रयोग गर्ने चर्पि, ओच्छ्यान, खाने भाडाकुडा अलग्गै पार्नुहोस् ।
४. संक्रमित ब्यक्तिको कोठामा सरसफाईको ब्यवस्था गर्नुहोस् ।
५. बिरामीले प्रयोग गर्ने चर्पिमा पर्याप्त पानीको ब्यवस्था मिलाउनुहोस् ।
६. बिरामीको कोठाको भुई, तन्ना, पर्दा, सिरक तथा सिरानीको खोल बदली रहनुहोस् ।
७. तौलिया, ब्रस, अन्य ग्याजेट लगायतका वस्तु संक्रमित बाहेक अरुले प्रयोग नगर्नुहोस् ।
८. संक्रमितले प्रयोग गरेको कुनै वस्तु अरु ब्यक्तिले नछुनुहोस् ।
९. कोहि आफन्त वा घरपालुवा जनावरलाई संक्रमितको छेउमा जानबाट रोक्नुहोस् ।
१०. संक्रमितको कोठामा चिकित्सक बाहेक अरु कोहि नछिनुहोस् ।
११. बिरामीबाट न्युनतम ३ फीट टाढाबाट कुरा गर्नुहोस् ।
१२. संक्रमित ब्यक्तिसंग कुरा गर्दा साबुनपानीले हात धुनुअघिसम्म अनुहार नछुनुहोस् ।
१३. संक्रमित ब्यक्तिलाई पनि पटक पटक साबुनपानीले हात धुन अह्राउनुहोस् ।
१४. संक्रमितलाई खाना दिदाँ वा केहि अनिवार्य लेनदेन गर्नुपरे हातमा पञ्जा लगाउनुहोस् ।
१५. काम सकिएपछि पञ्जालाई साबधानीपुर्वक खोलेर नष्ट पार्नुहोस् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५७ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका