कोरोना संक्रमितलाई ख्याल गर्ने १५ तरिका « Khabarhub

कोरोना संक्रमितलाई ख्याल गर्ने १५ तरिका


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड १९ अर्थात कोरोना भाइरसको महामारी विश्वभर छ । दैनिक करीब १ लाख नयाँ संक्रमित बढिरहेका छन् । नेपालमा समेत ६ नेपालीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

जसका कारण देश लकडाउनमा छ । यो बेला कुनै मानिसमा कोरोनाको लक्षण देखापरे उसलाई तुरुन्त अस्पताल लानुपर्छ । यदि कोहि मानिसमा कोरोनाको संक्रमण छ वा यसका बिरामी छन् भने यी उपायबाट उनीहरुको ख्याल राख्ने तथा सावधानी अपनाउने गर्नुपर्दछ ।

१. संक्रमित ब्यक्तिलाई अलग्गै कोठाको ब्यवस्था गर्नुहोस् ।
२. संक्रमितलाई हरपल अनिवार्य मास्क लगाउन अह्राउनुहोस् ।
३. संक्रमितले ब्यक्तिले प्रयोग गर्ने चर्पि, ओच्छ्यान, खाने भाडाकुडा अलग्गै पार्नुहोस् ।
४. संक्रमित ब्यक्तिको कोठामा सरसफाईको ब्यवस्था गर्नुहोस् ।
५. बिरामीले प्रयोग गर्ने चर्पिमा पर्याप्त पानीको ब्यवस्था मिलाउनुहोस् ।
६. बिरामीको कोठाको भुई, तन्ना, पर्दा, सिरक तथा सिरानीको खोल बदली रहनुहोस् ।
७. तौलिया, ब्रस, अन्य ग्याजेट लगायतका वस्तु संक्रमित बाहेक अरुले प्रयोग नगर्नुहोस् ।
८. संक्रमितले प्रयोग गरेको कुनै वस्तु अरु ब्यक्तिले नछुनुहोस् ।
९. कोहि आफन्त वा घरपालुवा जनावरलाई संक्रमितको छेउमा जानबाट रोक्नुहोस् ।
१०. संक्रमितको कोठामा चिकित्सक बाहेक अरु कोहि नछिनुहोस् ।
११. बिरामीबाट न्युनतम ३ फीट टाढाबाट कुरा गर्नुहोस् ।
१२. संक्रमित ब्यक्तिसंग कुरा गर्दा साबुनपानीले हात धुनुअघिसम्म अनुहार नछुनुहोस् ।
१३. संक्रमित ब्यक्तिलाई पनि पटक पटक साबुनपानीले हात धुन अह्राउनुहोस् ।
१४. संक्रमितलाई खाना दिदाँ वा केहि अनिवार्य लेनदेन गर्नुपरे हातमा पञ्जा लगाउनुहोस् ।
१५. काम सकिएपछि पञ्जालाई साबधानीपुर्वक खोलेर नष्ट पार्नुहोस् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ५७ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय