कोरोना भाइरस : २४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ । यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५२ हजार १५९ जनाले ज्यान गुमाएका छन् । १० लाख १४ हजार ४९९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमणमा रहेका ७ लाख ४९ हजार ३२२ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् । जसमध्ये ३७ हजार ६९८ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारीले अहिले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । अमेरिकामा २ लाख ४४ हजार ४३३ संक्रमित छन् । २४ घण्टामा मात्रै अमेरिकामा २९ हजार ४३० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म अमेरिकामा ६ हजार ६३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी मृत्यु भएको इटालीमा १३ हजार ९१५ जनाले ज्यान गुमाएका छन् । १ लाख १५ हजार २४२ जना संक्रमित छन् ।

तेस्रो धेरै संक्रमित भएको मुलुक स्पेन हो । स्पेनमा अहिलेसम्म १ लाख १२ हजार ६५ संक्रमित छन् । अहिलेसम्म १० हजार ३४८ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा फ्रान्समा धेरैको मृत्यु भएको छ । १ हजार ३३५ जनाले ज्यान गुमाउँदा कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा ५९ हजार १०५ संक्रमित छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : २० बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा