आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार « Khabarhub

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् ।

बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् ।

ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जीपपुर रामघाटका ६६ वर्षीय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो । बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका थिए ।

लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागि पठाएर घरसम्म पुर्‍याउने ब्यवस्था मिलाईदएिका थिए । लगातार झडापाला लागेपछि घिमिरे आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु पुगेका थिए ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए ।

काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाडौंका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए ।

मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : २५ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक