घर फर्किनेलाई आप्रवासी शरणार्थीको जस्तो व्यवहार अमानवीय : नेता महर « Khabarhub

घर फर्किनेलाई आप्रवासी शरणार्थीको जस्तो व्यवहार अमानवीय : नेता महर


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वदेश भित्र प्रवेश गर्न न दिएर सरकारले विदेश बाट आफ्नोघर फर्किने नेपाली माथी आप्रवासी शरणार्थीको जस्तो ब्यवहार गर्नु अमानवीय काम भएको बताएका छन् ।

सीमानाका बन्द हुँदा भारतबाट आउने नेपाली दशगजा क्षेत्रमै अलपत्र परेका बिषयमा क्वारेन्टाईन लगायत कुनै आवश्यक प्रवन्ध नगरि सरकार मुकदर्शक बन्नु दुःखद र गम्भीर विषय भएको उनको टिप्पणी छ । उनीहरु सीमापारीबाट आफ्नो देश फर्कन पाउनुपर्छ भन्दै नाराबाजी मात्रै होईन कि ज्यानको बाज़ी थाप्दै महाकाली नदीमा हाम फालेर स्वदेश फर्किदा समेत सरकारले गरेको दुर्व्यवहार अक्ष्यम्य भएको भन्दै उनले आक्रोस पोखेका छन ।

रेमिट्यान्सका माध्यमले देशको अर्थतन्त्रमा करिब ९ खर्वको योगदान दिने आफ्नै जनता लाई ‘जुन देशमा छन्, त्यही देशले रेखदेख गर्नुपर्छ’ भन्दैँ आफ्ना नागरिकप्रति सरकार गैरजिम्मेवार बनेको भन्दैं नेता महरले गम्भीर आपत्ति जनाए ।

‘भारतका विभिन्न क्षेत्रबाट दार्चुलाको सीमा धार्चुलामा आएका उनीहरुमध्ये केहीले महाकाली नदीमा पौडिएर समेत नेपाल प्रवेश गरेका छन्। तर पौडिएर नेपाल आएकालाई पनि सरकारले प्रहरी लगाई समातेको कारुणिक तस्बीरहरु सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ,’ नेता महरले भने, ‘प्रहरीले उनीहरुलाई अर्धनग्न अवस्थामा बजार समेत घुमाएको छ । कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेका देशको सिमानानै अलपत्र परेका आफ्ना नागरिकहरुलाई बेवास्ता गर्नु यो सरकारको निकम्मापनको पराकाष्टा हो ।’

सीमामा आएका नेपालीलाई आवश्यक परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने, सरकारले यथेष्ट क्वारेन्टाइनको व्यवस्था गरेर तिनीहरुलाई बसमा हालेर ल्याएर परीक्षण गर्नुपर्ने, जोखिम भएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र जोखिम नभएकाहरुलाई घर पठाउन सकिने नेता महरको जोडदार माग छ ।

यस्तै, विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएर फर्काएका र्यापिड टेस्टिङ किट सरकारले किनेपछि सरकार स्वास्थ्य जस्तो क्षेत्रमा पनि करोडौंको भ्रष्टाचारमा संलग्न देखिएको भन्दै नेता महरले प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : २० बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक