कोरोना भाइरसको खोपमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी « Khabarhub

कोरोना भाइरसको खोपमा सफलता मिलेको पिट्सबर्ग विश्वविद्यालयको दावी


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरसको खोपमा सफलता हासिल गरेको अमेरिकाको  पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले दावी गरेको छ ।

यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दावी गरेका हुन् ।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी (रोग प्रतिरोधक) उत्पादन गर्ने देखाएको जनाएका छन् ।

अवको केही महिनामा मानिसमा पनि यसको परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताहरूको निष्कर्षलाई ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : ४६ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा