विभिन्न मुलुक गएका वाइडबडी जहाज स्वदेश फिर्ता « Khabarhub

विभिन्न मुलुक गएका वाइडबडी जहाज स्वदेश फिर्ता


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन् ।

ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ बजेर ५७ मिनेटमा र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गएराति ११ बजेर १८ मिनेटमा  बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।

ग्वाङ्जाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन । मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो ।

यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ ।

त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो ।

निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ । निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो ।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ०० बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ