लकडाउनका कारण डडेल्धुरामा रगत अभाव « Khabarhub

लकडाउनका कारण डडेल्धुरामा रगत अभाव


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण डडेल्धुरामा रगत अभाव भएको छ ।

लकडाउनका कारण रक्तदान अभियान सञ्चालन नहुँदा रगत अभावको अवस्था सिर्जना भएको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंकले जनाएको छ ।

हालसम्म करिब ८ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंक इन्चार्ज गणेश ऐरले जानकारी दिए ।

पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए ।

रेडक्रस सोसाइटीले रगत अभावको समस्या समाधान गर्न दाताहरुलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । यसरी रगत दान गर्न चाहने दाताहरुले ब्लड बैंकमा सम्पर्क राखेर त्यहिँ गएर रक्त दान गर्ने सक्ने छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ