काभ्रेमा लकडाउन उल्लंघन १०६ जना अनुशिक्षण लिएर फर्किए | Khabarhub Khabarhub

काभ्रेमा लकडाउन उल्लंघन १०६ जना अनुशिक्षण लिएर फर्किए


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको बनेपालगायत विभिन्न बजार क्षेत्रमा लकडाउन उल्लंघन गरी हिँड्ने १०६ जनासहित १२ सवारी साधनलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएर छाडेको छ ।

सडकमा जथाभावी हिँडेकाहरुलाई नियन्त्रणमा लिएर कोरोना भाइरससम्बन्धी सचेतनामूलक अनुशिक्षण दिई दुई घण्टापछि छाडिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

यसैगरी लकडाउन उल्लंघन गरेर बजारमा हिँडिरहेका ६० जनालाई सिन्धुपाल्चोक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । उनीहरुसहित प्रहरीले विनाइजाजत सवारी साधन चलाउने सात जना पनि मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रज्वल महर्जनले कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने पूर्वसावधानीका उपाय, साबुपानीले हात धुने तरिका आदिबारे प्रशिक्षण दिइएकोर्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ३२ बजे

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि