विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर « Khabarhub

विदेशबाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन बाहिर


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् ।

विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालस विदेशबाट घर फर्किएका एक सय ७७ जना सम्पर्कमा आएको र उनीहरुमाथि निगरानी भइरहेको उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेका अनुसार विदेशबाट आउने व्यक्तिको विवरण सङ्कलन कार्य जारी रहेको छ ।

विदेशबाट आएका व्यक्तिमाथि निगरानी बढाएको र उच्च ज्वरो र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा त्यस्ता व्यक्तिलाई तत्कालै उपचारका लागि स्वास्थ्य संस्थामा पठाउने र ती व्यक्तिको स्वाव परीक्षण गरिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

विदेशबाट घर फर्किएकामध्ये ८५ जना भारतबाट आएका छन् । भारतबाट घर फर्किएकामध्ये कमलामाई नगरपालिकामा ३२, दुधौली नगरपालिकामा २१, गोलन्जोर गाउँपालिकामा ५, तिनपाटन गाउँपालिकामा ३, हरिहरपुरगढी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ६ र मरिण गाउँपालिकामा १४ जना रहेका छन् ।

त्यस्तै तेस्रो मुलुकबाट घर फर्किएकाहरुमा कमलामाई नगरपालिकामा ८, दुधौली नगरपालिकामा १८, गोलन्जोर गाउँपालिकामा ३, तिनपाटन गाउँपालिकामा ६, घ्याङलेख गाउँपालिकामा ८, हरिहरपुरगढी गाउँपालिकामा २५, सुनकोसी गाउँपालिकामा ४, फिक्कल गाउँपालिकामा ५, मरिण गाउँपालिकामा १४ गरी कूल ९१ जना छन् ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवै पालिकालाई पत्राचार गर्दै विदेशबाट आएकाको विवरण सङ्कलन गर्न आग्रह गरेको थियो । स्थानीय तहले दैनिक रुपमा अहिले पनि विवरण सङ्कलन भै रहेको जनाएको सूचना अधिकारी न्यौपानेले बताए ।

हालसम्म सम्पर्कमा आएका १७७ मध्ये चैत ११ गते यता भारतबाट २ जना मात्र आएका छन् । बाँकी उक्त मितिभन्दा अगाडि नै आएको पाइएको उनले बताए ।

उनले  विदेशबाट आएका व्यक्तिलाई वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिको सम्पर्कमा रहन आग्रह गरे ।

विदेशबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको भएपनि त्यस्ता सूचना स्थानीय तह तथा जनप्रतिनिधिलाई दिन उनको आग्रह छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सवारी पास दिने कार्य बन्द गराएको छ ।

कोभिड–१९ को सङ्क्रमण हुनबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागू गराउन सवारी पास बन्द गरेको सूचना अधिकारी न्यौपानेले जनाएको छ ।

उनका अनुसार, बिहीवार दिउँसो १२ बजे देखि अत्यावश्यक सेवा बाहेक अन्य सवै सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।

२०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष

सिन्धुलीमा हालसम्म २०१ शय्याको क्वारेन्टाइन र ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ५०, दुधौली नगरपालिकामा ३०, गोलन्जोर गाउँपालिकामा २०, तिनपाटन गाउँपालिकामा २०, घ्याङलेख गाउँपालिकामा २४, हरिहरपुरगढी गाउँपालिकामा १७, सुनकोसी गाउँपालिकामा २४ फिक्कल गाउँपालिकामा ८, मरिण गाउँपालिकामा ८ गरी कूल २०१ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । हालसम्म सिन्धुलीमा एक व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको छैन ।

यस्तै कमलामाई नगरपालिकामा १४, दुधौली नगरपालिकामा ३, गोलन्जोर गाउँपालिकामा २, तिनपाटन गाउँपालिकामा ८, सुनकोसी गाउँपालिकामा २, फिक्कल गाउँपालिकामा २ र मरिण गाउँपालिकामा २ गरी कूल ३३ शय्याको आइसोलेशन कक्ष निर्माण गरिएको प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : १३ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि