पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

पोखरामा नयाँ संक्रमित छैनन्ः स्वास्थ्य मन्त्रालय


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ कोरोना संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पोखरामा आज कुनै नयाँ संक्रमित नभेटिएको बताएका हुन् ।

‘पोखरामा कुनै पनि पोजेटिभ देखिएको छैन । परीक्षणलाई हामीले प्रदेशमा विस्तार गरेका छौं । मेसिनहरु गएका छन् । त्यहाँ केही कुरा प्रस्ट रुपमा गर्नुपर्ने हुन्छ । अन्त पनि भेरिफाइ भएपछि यो सिस्टमले राम्रो काम गरेको छ कि छैन हेर्न जरुरी छ’ उनले भने,’केही नमूना रि गर्नुपर्ने हुन्छ । कुनै केश संकास्पद भयो भने पुन परीक्षण हुन्छ । दोहोरो भयो भन्ने कुरा आइरहेको छ तर भेरिफाइ गर्नका लागि केहीको पुन परीक्षण गर्ने काम भएको हो ।’

यसअघि शुक्रवार दिउँसो गण्डकी प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाएको थियो । तर, पछि उक्त संख्या सच्याएर ६ राखिएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको स्वास्थ्य सेवा निर्देशनालयको आधिकारिक वेबसाइटमा कोरोना संक्रमित अपडेट । जसमा नेपालमा कोरोना संक्रमितको संख्या ७ लेखिएको छ

१ सय २० जना आइसोलेसनमा

डा देवकोटाले कोरोनाको आशंकामा देशभरका विभिन्न अस्पतालमा १ सय २० जना आइसोलेसनमा जानकारी दिए ।

डा देवकोटाका अनुसार कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १५ । प्रदेशहरुमा १ सय ५ जना गरी एक सय २० जना व्यक्ति आइसोलेसनमा रहेका छन् ।

यस्तै कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालम्म १२ सय ७७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै धरानमा ४९, पोखरामा १९, हेटौंडामा ५, जनकपुरमा ५ सुर्खेतमा ७ र धनगढीमा ४ जनाको कोरोना परीक्षण गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

यस्तै झक्तपुरमा रहेका ९६जनाको पनी कोरोना परीक्षणका लागि नमूना संकलन भएको प्रवक्ता डा देवकोटाले बताए । यस्तै कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको पनि कोरोना परीक्षणका लागि नमूना संकलन गरीएको प्रवक्ता डा देवकोटाले बताए ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ४ : ४३ बजे

युक्रेनसँग ट्रिलियन डलर सम्झौताको तयारीमा ट्रम्प: कसरी हुन्छ डिल ?

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग

७६ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं– पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस-युक्रेन युद्ध अन्त्य गर्न वार्ता

चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि