बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि « Khabarhub

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बहराइन- वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो ।

२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार बहराइनमा हालसम्म चार जनाकाे कोरोनाका कारण मृत्यु भएको छ ।

केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ दूतावासद्वारा जारी गरिएको बिज्ञप्ति

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : १४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा