बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि « Khabarhub

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण भएको दूतावासद्वारा पुष्टि


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बहराइन- वैदेशिक रोजगारीका क्रममा बहराइनमा रहेका १२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बहराइनस्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको हो ।

२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार बहराइनमा हालसम्म चार जनाकाे कोरोनाका कारण मृत्यु भएको छ ।

केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो।

तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा जनाइएको छ ।

यस्तो छ दूतावासद्वारा जारी गरिएको बिज्ञप्ति

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : १४ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको