कोरोनाभाइरस नियन्त्रणका लागि परिणाममुखी काम गर्न कांग्रेस नेता कोइरालाको अपिल « Khabarhub

कोरोनाभाइरस नियन्त्रणका लागि परिणाममुखी काम गर्न कांग्रेस नेता कोइरालाको अपिल


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि आजसम्मका कामको समीक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसँग अपिल गरेका छन् ।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै  विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९)संग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई परिणाममुखी बनाउन नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको बताएका छन् ।

उनले लकडाउनलाई अझ बढी प्रभावकारी बनाउन नागरिकमा यसको उद्देश्य र असरको बारेमा सचेतना फैलाउनु जरुरी रहेको जनाएका छन् ।

उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,’ सरकारले हालसम्म कोरोनाभाइरसको संक्रमण फैलन नदिन गरेका कतिपय कार्य परिणाममुखी नभएको र तिनको प्रभावकारीता र विश्वसनीयतामा नै प्रश्न उठ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उनले अति आवश्यक स्वास्थ्य उपकरणहरुको खरिद प्रक्रियाहरु विवादास्पद र आर्थिक अनियमितता भएको प्रमाणहरु संचार माध्यमबाट आइरहेको सन्दर्भमा यसको निस्पक्ष छानविन हुने अपेक्षा राखेका छन् ।

‘अहिलेको प्राथमिकता कोरोना संक्रमण रोक्नु हुँदा हुँदै पनि अस्पतालको निरन्तर र आकस्मिक सेवा पाउनु पर्ने विरामीले उपचार नपाएर ज्यान जोखिममा परेको खवरलाइ गम्भिर रुपमा लिन समेत सरकारलाई आग्रह गर्दछु ।,’  बिज्ञप्तिमा भनिनएको छ, ‘कोरोनाभाइरसको विश्वव्यापी महामारीसंग जुध्नको लागि सरकारले आजसम्म गरेका तयारी र कामको एकपटक समिक्षा गर्दै परिणाममुखी काम गर्न सरकारसंग अपिल गर्दछु ।’

उनले सरकारले अभिभावकत्व लिदै दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय स्तरका नागरिकको राहात प्याकेज वितरणमा अझ बढी संवेदनशील भएर ब्यवहारमा उर्तान सरकारलाई आग्रह गरेका छन् ।

डा. कोइरालाद्वारा जारी बिज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ३६ बजे

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको