विभूषण सुशोभन कार्यक्रम स्थगित « Khabarhub

विभूषण सुशोभन कार्यक्रम स्थगित


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बैशाख १ गतेका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तय भएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर विभूषित गरिने कार्यक्रम अर्को सूचना जारी नभइन्जेलका लागि स्थगित गरिएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

विभूषण समितिले गरेको सिफारिसका आधारमा गत असोज ३ गते संविधान दिवसका अवसरमा ६ सय ३३ जनाको  नाम विभूषणका लागि सिफारिस गरिएको थियो ।

उनीहरुलाई यही बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने कार्यक्रम थियो ।

सरकारले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मानसम्मान हरेक वर्ष प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ४७ बजे

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप

इरान युद्धमा साउदीको पनि प्रवेश : अमेरिकासँग मिलेर इराकमा आक्रमण, इरान समर्थक २० लडाकु मारिए

तेहरान- इरानसँग जारी तनावका बीच साउदी अरब पनि युद्धको मोर्चामा

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली– कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा