विभूषण सुशोभन कार्यक्रम स्थगित « Khabarhub

विभूषण सुशोभन कार्यक्रम स्थगित


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  बैशाख १ गतेका लागि राष्ट्रपति कार्यालय शितल निवासमा तय भएको विभूषण सुशोभन कार्यक्रम स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट सिर्जित विषम परिस्थितिलाई ध्यानमा राखेर विभूषित गरिने कार्यक्रम अर्को सूचना जारी नभइन्जेलका लागि स्थगित गरिएको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

विभूषण समितिले गरेको सिफारिसका आधारमा गत असोज ३ गते संविधान दिवसका अवसरमा ६ सय ३३ जनाको  नाम विभूषणका लागि सिफारिस गरिएको थियो ।

उनीहरुलाई यही बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने कार्यक्रम थियो ।

सरकारले विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मानसम्मान हरेक वर्ष प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ४७ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको