राष्ट्रपतिको सम्बोधन : नेपालमा कोरोनाको संक्रमण भयावह छैन « Khabarhub

राष्ट्रपतिको सम्बोधन : नेपालमा कोरोनाको संक्रमण भयावह छैन


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम प्रभावकारी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले प्रभावकारी कदम चालेकै कारण नेपालमा कोरोनाको सङ्क्रमण भयावह नभएको बताइन ।

देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले अहिले गरिरकेको गृहकार्यलाई विश्वले प्रशंसा गरिरहेको पनि बताएकी छन् । राष्ट्रपति भण्डारीले सरकारले घोषणा गरेको लकडाउनमना सक्दो सहयोग गर्न र घरभित्रै बसिदिन आग्रह गरेकी छन् ।

आफ्नै घरमा बसेर व्यक्ति व्यक्तिबीचको दुरी कायम गरे कोरोनासँग लड्न सकिने र संक्रमण फैलिएर भयावह अवस्था आउन नपाउने उनको भनाई छ ।

यस्तै लकडाउनको समयमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरु अलि धेरै प्रभावित भैरहेको भन्दै त्यस्ता वर्गका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेको उनले बताइन । कोरोना भाईरसले निम्त्याएको लकडाउनले नेपालको मात्रै नभई विश्वकै अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले लकडाउनको यो परिस्थितिपछि सरकारले आवश्यक कदम अघि बढाउने दाबी गरिन ।

राष्ट्रपतिले विभिन्न देशका नेपालीलाई जहाँ जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सुरक्षित भएर बस्न पनि आग्रह गरेकी छन् । त्यस्तै नेपाललाई विभिन्न देशले प्रदान गरेको सहयोग र देखाएको तत्परताप्रतिपनि उनले धन्यवाद दिएकी छन् ।

सङ्क्रमित बिरामीको उपचारका लागि सरकार पुरै तयारी अवस्थामा रहेको भन्दै उनले अहोरात्र खटिरहने सबै निकायलाई धन्यवाद दिएकी छन् ।

यो परिस्थितिमा राजनीतिक दल, उद्योग, व्यापारी, स्वायंसेवी लगायत संस्थाहरुलाई आफूले सकेको सहयोग गर्न पनि राष्ट्रपतिले आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : १० बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन