आइतबार राति दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीको अपिल « Khabarhub

आइतबार राति दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीको अपिल


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसका कारण २१ दिने लकडाउनमा रहेका भारतीयहरुलाई आगामी आइतबारका दिन राति नौ बजे दीप प्रज्वलन गर्न अपिल गरेका छन् ।

देशबासीका नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आइतबार राति नौ बजे नौ मिनेटसम्म दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

उनले सबै भारतीयहरुसमक्ष आइतबारका दिन बिजुली बत्ती बन्द गरी घरको ढोका, कौसी वा बार्दलीमा निस्केर दीयो, मैनबत्ती, मोबाइल फ्ल्यास लाइट वा टर्च बाल्न आग्रह गरे ।

उनले ज्योतिषीहरुसँग परामर्श गरी आइतबार राति नौ बजे नौ मिनेटको समय निकालेको जनाइएको छन् ।

प्रधानमन्त्री मोदीका अनुसार निराशाबीच आशाको ज्योतितर्फ डोर्‍याउनका लागि मानिसहरुलाई दीप प्रज्वलन गर्न अपिल गरिएको हो ।

यसअघि मोदीले गत २२ मार्चका दिन भारतीयहरुलाई जनता कफ्र्यूको पालना गरी सबैले थपडी, शंख, भाँडाकुडा बजाएर कोरोना भाइरसविरुद्ध खटिरहेका चिकित्सकहरुलाई हौसला प्रदान गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ३६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द