प्रहरी र वनमा चोरी शिकारी गर्ने समूहबीच गोली हानाहान | Khabarhub Khabarhub

प्रहरी र वनमा चोरी शिकारी गर्ने समूहबीच गोली हानाहान


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच आज दोहोरो गोली हानाहान भएको छ ।

मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूसँँग वनका कर्मचारीबीच आज अपराह्न गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए ।

जङ्गलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरीबलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएको हो ।

घटनामा कोही घाइते नभएपनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका–८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल छन् । शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको प्रमुख घिमिरेले जानकारी दिए ।

पक्राउ परेका शिकारीलाई वन कार्यालय मोरङको सलकपुरमा हिरासतमा राखिएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ९ : १३ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ