अब चितवनमा पनि कोरोना भाइरसको परीक्षण हुने | Khabarhub Khabarhub

अब चितवनमा पनि कोरोना भाइरसको परीक्षण हुने


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो ।

स्वास्थ्य मन्त्रालयको प्राविधिक टोलीले बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो ।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर आज बिहानबाट काम थालिएको हो । मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ । पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ । बायोसेफ्टी क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । विज्ञ दुई जना जिल्लामा नै रहेको उनले जानकारी दिए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ । उनीहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यही उपलब्ध हुने बताइएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान आजै पठाउने खनालले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अस्थायी अस्पतालसमेत स्थापना भइसकेपछि परीक्षणसमेत यही गर्न गरिएको गृहकार्यअनुरुप काम भइरहेको जानकारी दिइन् । अहिलेको सङ्क्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि केही महिनामा नै भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने उनले  जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ । दैनिक गाडीको प्रयोग गरेर पठाउनुपर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिनुभयो । रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ । सात प्रदेशमा एक÷एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ११ : १५ बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा