चेम्बर अफ कमर्सद्वारा ट्राफिक प्रहरी र टेकु अस्पताललाई मास्क प्रदान « Khabarhub

चेम्बर अफ कमर्सद्वारा ट्राफिक प्रहरी र टेकु अस्पताललाई मास्क प्रदान


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि आफूले उत्पादन गरेका माक्स वितरण गर्दै आएको छ ।

चेम्बर अफ कमर्स र व्यवसायी दिपक मल्होत्राको पहलमा नेपालमै मास्क उत्पादन गरिएका माक्स आज अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पताललाई मास्क हस्तान्तरण गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई २५ सय थान मास्क र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए ।

यसका साथै श्रेष्ठ र मल्होत्राले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर राजेश शाहलाई एक हजार माक्स पनि हस्तान्तरण गरेका छन्।

स्वदेशमै उत्पादित मास्क सबैभन्दा पहिले स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराउने उनीहरूले बताएका छन्।

उनीहरूले उत्पादन लागतमै मास्क बिक्री गरिरहेका छन्। अहिले प्रति थान मास्कको उत्पादन लागत सात रूपैयाँ पर्ने गरेको व्यवसायी मल्होत्राले जानकारी दिए।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ३८ बजे

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले