चेम्बर अफ कमर्सद्वारा ट्राफिक प्रहरी र टेकु अस्पताललाई मास्क प्रदान | Khabarhub Khabarhub

चेम्बर अफ कमर्सद्वारा ट्राफिक प्रहरी र टेकु अस्पताललाई मास्क प्रदान


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्नका लागि आफूले उत्पादन गरेका माक्स वितरण गर्दै आएको छ ।

चेम्बर अफ कमर्स र व्यवसायी दिपक मल्होत्राको पहलमा नेपालमै मास्क उत्पादन गरिएका माक्स आज अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राले ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पताललाई मास्क हस्तान्तरण गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई २५ सय थान मास्क र ५ सय जोडी पन्जा हस्तान्तरण गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए ।

यसका साथै श्रेष्ठ र मल्होत्राले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर राजेश शाहलाई एक हजार माक्स पनि हस्तान्तरण गरेका छन्।

स्वदेशमै उत्पादित मास्क सबैभन्दा पहिले स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराउने उनीहरूले बताएका छन्।

उनीहरूले उत्पादन लागतमै मास्क बिक्री गरिरहेका छन्। अहिले प्रति थान मास्कको उत्पादन लागत सात रूपैयाँ पर्ने गरेको व्यवसायी मल्होत्राले जानकारी दिए।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ३८ बजे

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा  मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल र स्कटल्याण्ड खेल्दै 

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु  

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ