कोरोना भाइरस प्रभावितको सहयोगार्थ विश्वकै ठूलो कन्सर्ट आयोजना हुँदै « Khabarhub

कोरोना भाइरस प्रभावितको सहयोगार्थ विश्वकै ठूलो कन्सर्ट आयोजना हुँदै


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो  कन्सर्टको आयोजना गरेका छन् ।

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर र जोया अख्तरले संयुक्त रुपमा आज बेलुकी ८ बजेदेखि फेसबुकमा सुरू गर्ने लाइभमा विश्वभरका ८५ मुलुकका सेलिब्रेटी जोडिने छन् ।

कन्सर्टमा शाहरुख खान, करिना कपुर, आलिया भट्ट, एआर रहमान, अरजित सिंह, अनुष्का शर्मा, रितिक रोशन, फरहान अख्तर, जावेद अख्तर, माधुरी दीक्षित, विकी कौशल लगायतका कलाकार समावेश हुनेछन् । भारतवाहिरका मुलुकबाट जो जोनस, केभिन जोन्स, ब्रायन एडम्स, निक जोन्स, सोफी टर्नर, लिली सिंह समावेश रहेका छन्।

‘आई फर इन्डिया’ नाम दिइएको यो कन्सर्टबाट संकलन हुने रकम कोरोना भाइरसले प्रभावित कलाकार तथा विपन्न मानिसहरुको सहयोगमा खर्चिने बताइएको छ ।

यो कन्सर्टले ‘गिभ इन्डिया’ को तर्फबाट पैसा जुटाउने छ। ‘गिभ इन्डिया’ २० वर्ष पुरानो डोनेशन प्लेटफर्म हो।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : १५ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको