शक्तिशाली मुलुक आक्रान्त बनिरहँदा विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष « Khabarhub

शक्तिशाली मुलुक आक्रान्त बनिरहँदा विश्वका ४ मुलुकले जिते कोरोनाविरुद्धको संघर्ष


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका शक्तिशाली मुलुक कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनिरहँदा विश्वका चार मुलुक कोरोनाविरुद्धको लडाइ जित्न सफल भएका छन् ।

फल्कल्याण्ड आइसल्याण्डसँगै विश्वका चार मुलुक कोरोना संक्रमण मुक्त भएका हुन् ।

अमेरिका, बेलायत, इटाली, स्पेन, फ्रान्स लगायतका शक्तिशाली मुलुकमा कोरोनाको संक्रमण फैलिरहँदा विश्वका फल्कल्याण्ड आइसल्याण्डसँगै, अङगुइल्ला, ग्रीन ल्याण्ड र सेन्ट बार्थ ‘ग्रीन जोन’मा पर्न सफल भएका हुन् ।

फल्कल्याण्ड आइसल्याण्डमा १३ जना कोरोना संक्रमित रहेकोमा सबै जना निको भएर घर फर्किएका छन् ।

अङगुइल्लामा ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएकोमा हाल तीनै जना निको भएर घर फर्किएका छन् ।

अर्को मुलुक ग्रीनल्याण्डमा ११ जनामा कोरोनाको संक्रमण देखिएकोमा सबै उपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै सेन्ट बार्थमा ६ जनामा कोरोना देखिएकोमा सबैको सफल उपचार भएको छ ।

कोरोना विरुद्धको औषधी पत्ता नलागिसकेको अवस्थमा यो सबैका लागि सुखद् समाचार पनि हो । कोरोनाविरुद्धको औषधिविना नै यी मुलुकहरुमा कोरोना संक्रमित सबै बिरामीहरु निको भएर घर फर्किएका छन् ।

यसअघि सेन्ट लुसियामा कोरोना संक्रमित १५ जना निको भएर घर फर्किए पनि हाल थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ हालसम्म कोरोना संक्रमितको संख्या १७ पुगेको छ । २ जनाको उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । अमेरिकामा हालसम्म ६७ हजार ४४४ जनाले ज्यान गुमाइसकेका छन् भने ११ लाख ६० हजार ७७४ जना कोरोना संक्रमित भएका छन् ।

जसमध्ये १ लाख ६० हजार ७०५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ९ लाख ३२ हजार ६२५ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ५० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक