ऋषि कपूरको निधनपछि पत्नी नीतुले लेखिन्- ‘हाम्रो कहानी सकियो’ « Khabarhub

ऋषि कपूरको निधनपछि पत्नी नीतुले लेखिन्- ‘हाम्रो कहानी सकियो’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न छ।

असमायिक निधनले कपुर परिवार निकै दुःखी छ। ऋषि कपुरको निधनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।

नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा धेरै पीड पोखेकी छिन्- ‘हाम्रो कहानी सकियो ।’

उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ। नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिएका छन् ।

बलिउड कलाकारले स्वर्गीय कपूरको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

अभिनेता कपुरको बिहिबार मुम्बईको एक अस्पतालमा निधन भएको हो। थोरै मानिसहरुको उपस्थितिमा बिहिबार दिउसोनै मुम्बईमा उनको दाहसंस्कार गरियो।

अन्तिम संस्कारमा आफन्त लगायत रणबीर कपुरकी प्रेमिका आलिया भट्ट पनि उपस्थित थिइन्। दिवंगत अभिनेता ऋषि कपुरका सबै आफन्त अन्तिम भेटका लागि उस्थित थिए। तर, रणबीरकी बहिनी रिद्धिमा कपुरले भने आफ्ना पितासँग अन्तिम दर्शन गर्न पाइनन्।

दिल्लीमा रहेकी उनले लकडाउनले गर्दा अन्तिम विदाईमा सहभागी भएकी थिइनन्। मुम्बई पुग्नु अगावै अन्त्येष्टि गरिने भएपछि उनले भिडियो कल मार्फत नै भएपनि आफ्ना पिताको अन्तिम दर्शन गरिन्। आलिया भट्ट रिद्धिमासँग कलमा जोडिएकी थिइन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन