‘ब्लड प्रेसर’ नियन्त्रण गर्ने यस्ता छन् केही घरेलु उपाय « Khabarhub

‘ब्लड प्रेसर’ नियन्त्रण गर्ने यस्ता छन् केही घरेलु उपाय


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । यो तत्कालै कुनै ठूलै असर पार्ने रोगजस्तो नदेखिए पनि यसले कालान्तरमा मानिसलाई रोगी बनाउँदै मृत्युको मुखमा धकेल्छ ।

उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु लगायतका हुन्छन् ।

उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन् ।

जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ ।

आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जुन यस्ता छन्ः

मेवा  :

उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।

 केरा :

केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २-३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।

लसुन :

लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

अदुवा :

खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।

मरिच : आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

तुलसी तथा निमको पात :

तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।

मेथी :

एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

गाजर र पालुंगोको रस :

दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

अमलाको रस र मह :

१ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

कागती पानी :

रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

गहुँ तथा चनाको रोटी :

गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : २० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी