एउटै कुकुरको मूल्य २२ करोड !  « Khabarhub

एउटै कुकुरको मूल्य २२ करोड ! 


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुकुर घरपालुवा जनावर हो । मालिकको रक्षा गर्ने भएकाले कुकुर घरमा पालिन्छ । कुकुरप्रेमीहरु धेरै हुन्छ । ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा कुकुरको औधी हेरचाह गरिन्छ ।

कुकुरका विषयमा धेरै कुराहरु सबैलाई जानकारी भए पनि कुकुरको मुल्य सुनेर आश्चार्य लाग्न सक्ला । चीनमा तिब्बतियन मास्टिफ प्रजातिको एउटा कुकुर करिब २ मिलियन डलर (२२ करोड नेपाली रुपियाँमा) बेचिएको छ ।

प्रपर्टी डेवलोपर नाम गरेका एक ५६ वर्षीय व्यक्तिले २२ करोड तिरेर एक वर्ष भएको सुनौलो रंगको तिब्तयन मास्टिफ खरिद गरेका हुन् ।

शुद्ध प्रजातिका तिब्तयन मास्टिफ विरलै पाइने हुँदा महँगो हुने गरेको यी कुकुरका ब्रिदर जहाज जेनग्युन नामका व्यक्तिले अर्जो रातो रंगको मास्टिफलाई ९६८५०० डलर (११ करोड नेपाली रुपैयाँ) मा बेचेका छन् ।

‘मिड.डे.डटकम’का अनुसार यो विश्वको महंगो कुकुर हो । यति महंगोमा खरिद गरेका कुकुरको तौल ९० किलो र उचाइ ८० सेमी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : २९ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ