महिनाको २५ लाख मास्क उत्पादन गर्दै हङकङमा कैदी-बन्दी | Khabarhub Khabarhub

महिनाको २५ लाख मास्क उत्पादन गर्दै हङकङमा कैदी-बन्दी


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी कोरोना भाइरसको महामारी फैलिएसँगै यसको जोखिम रोक्न मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्ण देशका नागरिकलाई तीन वटा सन्देश प्रवाह गरेको छ–सामाजिक दूरी कायम गर्न, पटकपटक हात धुन र अनिवार्य मास्क लगाउन।

डब्लूएचओको यो तीनवटै विकल्पलाई अहिले विश्वका सबै देशले पालना गरिरहेका छन्।

कोरोना संक्रमण विश्वव्यापी महामारी बनेपछि हङकङले मास्क उत्पादनलाई तीव्रता दिएको छ ।  त्यहाँ मास्क  लगाउने संख्या पनि शतप्रतिशत रहेको जनाइएको छ ।

७५ लाख जनसंख्या भएको हङकङमा ४ जनाको मात्र ज्यान गएको छ। १ हजार ३८ संक्रमित देखिएका छन् भने स्वास्थ्य लाभ गरेर ८ सय ३० नागरिक घर फर्किसकेका छन्।

जनता समक्ष सर्जिकल मास्कको अभाव नहोस् भनेर सरकारले जेलमा बन्दी जीवन बिताइरहेका कैदीबाट हरेक महिना २५ लाख मास्क उत्पादन गरिरहेको छ।

हङकङमा लाखको संख्यामा सर्जिकल मास्क यहाँका कैदीहरूले बनाइरहेका छन्। उनीहरूलाई अतिरिक्त रकम दिएर राती अबेरसम्म मास्क बनाउने काममा सक्रिय पारिएको छ।

चीनको सीमा नजिकै रहेको मध्यमस्तरको जेल लो वुमा फेब्रुअरीदेखि नै २४ सै घण्टा मास्क बनाउने काम भइरहेको छ।

कैदीबन्दीसँगै अवकाश प्राप्त कर्मचारी तथा अन्य अधिकारी मिलेर मास्क बनाउने काममा योगदान गरिरहेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : १४ बजे

विमलाको ह्याट्रिक, आर्मी सेमिफाइनलमा

झापा- विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)