अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज « Khabarhub

अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महिला खेलाडीको समान तलब (इक्वायल पे) को मुद्दालाई अदालतले खारेज गरिदिएको छ ।

राष्ट्रिय टोलीका महिला खेलाडीले पुरुष खेलाडी सरह महिला खेलाडीले पनि तलब पाउनु पर्ने माग गर्दै अदालत पुगेका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका हुन् ।

२८ जना खेलाडीले गएको वर्ष अगस्टमा युएस सोकर फेडेरेसन (युएसएसएफ) लाई विपक्षी बनाउँदै अदालतमा रिट दायर गरेका थिए ।

खेलाडीहरुले समान तलब नहुँदा आफुहरुलाई ६६ मिलियन अमेरिकी डलर घाटा भएको भन्दै उक्त रकमको दाबी सहित मुद्दा दर्ता गरेका थिए ।

अदालतले मुद्दा अस्वीकार गरे पनि आफुहरु पछि नहट्ने खेलाडीकी प्रवक्ता मोली लेभिन्सनले बताएकी छन् ।

‘अदालतको यो कदमले हामीलाई आश्चर्य र निरुत्साहित पारेको छ,’ लेभिन्सनले भनिन्, ‘हाम्रो मेहनतका लागि समान तलबका लागि हामी यतिकै पछि हट्दैनौं ।’

लिङ्गका आधारमा पारिश्रमिक तोकिनु दुखद् भएको उनको दाबी छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ११ : १३ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।