बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो ।

बैठकका एजेन्डाबारे पूर्व जानकारी गराइएको छैन । यद्यपि सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ ।

हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेरै जतिसक्दो छिटो संघीय संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न आग्रह गरेका छन् ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम हुने गरी संसद बैठक सञ्चालन गर्न सकिने प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडि संसद बैठक सञ्चालनका लागि संघीय संसद भवनमा भइरहेको तयारीबारे स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : २४ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र