उत्तर र दक्षिण कोरियाली सेनाबीच सीमामा गोली हानाहान « Khabarhub

उत्तर र दक्षिण कोरियाली सेनाबीच सीमामा गोली हानाहान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको छ । 

गैरसैन्य क्षेत्र(डिमिलिटराइज्ड जोन) मा आइतबार बिहान उत्तर कोरियाली सैनिकले गोली चलाएपछि दक्षिण कोरियालले जवाफी फायर गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक भएको एक दिनपछि कोरियाली प्रायद्वीपमा दुई देशका सैनिकबीच गोली हानाहान भएको हो । 

दक्षिण कोरियाली सेनाको गार्ड पोस्टलाई लक्षित गरी उत्तरबाट पटक–पटक गोली प्रहार भएपछि जवाफी फायर गरिएको दक्षिण कोरियाली सेनाले जानकारी दिएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली अधिकारीले पछिल्लो घटनाका बारेमा सैनिक हटलाइनमार्फत बुझिरहेको पनि जनाएको छ । सन् १९५३ मा दुई कोरियाली देशबीचको युद्ध प्राविधिक रुपमा समाप्त भए पनि बेलाबेला तनाव सिर्जना हुने गरेको छ । गैरसैन्य क्षेत्र भनिने ‘डीएमजेड’ विद्युतीय तारको घेरा र ‘माइन’ बिच्छ्याइएको ठाउँ हो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ४२ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी