ताप्लेजुङका आगलागीपीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई « Khabarhub

ताप्लेजुङका आगलागीपीडितको पुनःस्थापना गर्न सरकार साथमा छ : मन्त्री भट्टराई


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङका आगलागी प्रभावित परिवारलाई विचलित नहुन आग्रह गरेका छन् । आइतबार बिहान आगलागी क्षेत्रको निरीक्षणपछि मन्त्री भट्टराईले आगलागी प्रभावित परिवारको पुनःस्थापनाका लागि सरकार साथमै रहेको भन्दै विचलित नहुन आग्रह गरे ।

आगलागीले क्षति पुगेकामा दुःख व्यक्त गर्दै मन्त्री भट्टराईले तीनै तहका सरकार र स्थानीय समुदायको सहयोगमा पुनःस्थापना गर्ने आश्वासन दिए । ‘तपाईंहरुको पुनःस्थापनामा केन्द्र, प्रदेश र स्थानीय सरकार छ साथै स्थानीय समुदाय सबै छन्, सबैको साथ सहयोग मिल्नेछ,’ उनले भने । ताप्लेजुङ भौगोलिक हिसाबले बाढी पहिरो, आगलागी जस्ता विपद्का घटनाको उच्च जोखिममा रहेकाले सतर्क हुनुपर्नेमा उनले जोड दिए ।

मन्त्री भट्टराईले पछिल्लो पटक सरकारले विपद् व्यवस्थापनसम्बन्धी लिएका नीति तथा प्रयासले यहाँको मात्रै नभई मुलुकभरकै यस्ता जोखिमका समस्या निराकरण हुनेमा विश्वाससमेत व्यक्त गरे । यता छलफलका क्रममा आगलागीपीडितको प्रतिनिधित्व गर्दै आगलागीपीडित यिगेन्द्र गुरुङले सरकारलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गरिदिन आग्रह गरे ।

यसैबीच विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले ताप्लेजुङमा आगलागीका घटना दोहोरिरहनु दुःखद भएको भन्दै यस प्रकारका घटनाको न्यूनीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । आफूहरुको रेकर्डमा समेत यो जिल्ला आगलागीको घटना हुनेमा अग्रस्थानमा रहेको बताए ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आगलागीबाट भएको क्षतिको विवरण पेश गर्दै स्थानीयस्तरबाट जुट्ने राहतका लागि प्रयास भइरहेको बताएका थिए । शुक्रबार भएको आगलागीले यहाँका साना ठूला गरी १० घरमा क्षति पुगेको थियो भने २९ परिवार विस्थापित बनेका छन् । यस्तै ७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ५० बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र