कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान « Khabarhub

कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका बेला जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्दै आएका परोपकारी संस्थाहरूलाई लोकप्रिय उपन्यास ‘ह्यारी पोटर’की लेखिका जेके रोलिङले १० लाख पाउन्ड दान दिने भएकी छन्।

त्यसमध्ये आधा रकम घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुर्व्यवहारका पीडित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने छ।

उपन्यासको एउटा महत्त्वपूर्ण दिनको सन्दर्भ पारेर रोलिङले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यस्तो घोषणा गरेकी हुन्।

शनिवार उनको उपन्यासमा उल्लेख गरिएको एउटा प्रमुख घटनाको वार्षिकोत्सव थियो।

ट्विटरमा शनिवार उनले लेखेकी छन्, “ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृत्युका बारेमा कुरा गर्नु अनुचित हुन्छ।”

उपन्यासको उक्त घटना एउटा युद्धबारे हो र त्यसमा धेरै मारिएका थिए।

रोलिङले भनिन्, “वास्तविक संसारमा धेरैले आफ्ना प्रियजनहरू गुमाइरहेका छन्।”

एडिन्बरामा बस्दै गरेका बेला ह्यारी पोटरका धेरै कथाहरू लेखेकी रोलिङका अनुसार घरविहीन कैयौँ असुरक्षित वा दुर्व्यवहार सहन बाध्य मानिसहरू यो बेला चरम दु:ख पाइरहेका छन् र उनी तिनलाई सहयोग गर्न चाहन्छिन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : १३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले