राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै वैशाख २६ गते शुक्रबार दिन ४ बजे संघीय संसदका दुवै सदको अधिवेशन आह्वान गरिएको जानकारी दिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरिएको जनाएकी हुन् ।

संविधानमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउने व्यवस्था छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ३ : १६ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको