गितारसँगै नम्रताको मूड « Khabarhub

गितारसँगै नम्रताको मूड


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै थन्किएकी छिन् । गत वर्ष उनको शीर्ष भूमिका रहेको फिल्म ‘जाइरा’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले खासै कमाल गर्न भने सकेन । फिल्म रिलिजका बेला नम्रता मिडियामा छाइन् ।

फिल्म रिलिजका बेलामा बाहेक अरुबेला नम्रता सार्वजनिक रुपमा देखिन रुचाउँदिनन् । तर, सामाजिक सञ्जालमा भने उनले समय दिइरहेकी हुन्छिन् ।

लकडाउनका कारण निस्किएको समयमा नम्रताले गितारसँगका तस्वीर शेयर गरेकी छिन् । शनिवार उनले केही तस्वीर शेयर गर्दै लेखेकी छिन् – शटर्डे भाइब्स ।

नम्रताले ३ वटा तस्वीर शेयर गर्दै गितारसँग आफ्नो मुडको तुलना गरेकी छिन् । पहिलो तस्वीरमा नम्रताले गितार बजाउन लागेको अवस्था शेयर गरेकी छिन् ।

दोस्रो तस्वीरमा आफू लजाएको क्याप्सनमार्फत बताएकी छिन् । र, तेस्रो तस्वीरको वर्णन गर्दै उनले भनेकी छिन् – यसको ध्वनि राम्रो सुनिएन ।

यसबाट के भन्न सकिन्छ भने नम्रताले गितार त बजाउन जानिनन् तर बजाउने प्रयास गरिन् ।

लकडाउनको फुर्सदमा नम्रताको सामाजिक सञ्जालमा सक्रियता बढेको छ । केही समयअघि एक भिडियो सार्वजनिक गर्दै उनले सबैलाई कोरोनाबाट सचेत रहने आह्वान गरेकी थिइन् ।

 

View this post on Instagram

 

Saturday vibes 🐒!!! Pic 1: okay I am gonna play guitar now! Pic 2: I feel shy 😬! Pic 3: it sounds so bad 😂!!!

A post shared by Namrata Shrestha (@namrataashrestha) on

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ५ : ४८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग