अवैध रुपमा भारतबाट ल्याइएको १ लाख मूल्य बराबरको औषधि बरामद « Khabarhub

अवैध रुपमा भारतबाट ल्याइएको १ लाख मूल्य बराबरको औषधि बरामद


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाराजगञ्ज– कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको औषधि बरामद गरेको छ । जिल्लाको  महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको हो ।

शनिबार राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको १ लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती औषधि छाडेर भागेको स्थानीयवासी रामेश यादवले बताए । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले आज उक्त स्थानमा पुगेर स्थानीयवासीसँग जानकारी लिई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

दुई देशबीच सीमा बन्द भएको अवस्थाको फाइदा उठाएर औषधि अवैध रुपमा भित्र्याउन खोजिएको महाराजगञ्ज –७ का वडाध्यक्ष अब्दुल समाद मुसलमानले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : २१ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण