लकडाउनका समयमा 'नो कोरोना' भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती ! | Khabarhub Khabarhub

लकडाउनका समयमा ‘नो कोरोना’ भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती !


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश ४१ दिन देखि लकडाउनमा छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउन गरेको हो । मानिसहरु घर भित्रै बसेका छन् । अत्यावश्यक कामबाहेक बाहिर निस्कन सरकारले बन्देज लगाएको छ ।

सीमा नाका, हवाइ उड्डयन, यातायात, उद्योग कलकारखाना, विद्यालय, बजार, होटल, रेष्टुरेन्ट लगायतका सम्पूर्ण सेवा बन्द रहेका छन् ।
मानिसहरु घर भित्रै परिवारसँग समय विताइरहेका छन् ।

परिवार टाँढा रहेकाहरुले आआफ्नो ढंगमा लकडाउनका दिनहरु काटिरहेका छन् र एक अर्काको स्वास्थ्य लाभका कामना गर्दै संक्रमणबाट सुरक्षित रहेका छन् ।

लकडाउनका कारण तनाव भएको भन्दै कतिपयले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरिरहेका छन् भने कतिपयले लकडाउनको समयमा मोजमज्जा गर्दै समय काटिरहेका छन् ।

पोखरामा पारसको मस्ती

लकडाउनको समयमा पूर्व युवराज पारश शाह भने विन्दास मुडमा भेटिएका छन् ।

पर्यटकको चहलपहल रहने पोखरा यतिबेला लकडाउनका कारण सुनसान बनेको छ । अधिकांश पर्यटक पोखराबाट बाहिरिएका छन् । होटलहरु बन्द अबस्थामा छन् । तर पारश शाह भने पोखराको लेकसाइडमा मस्ती गरिहेका छन् ।

होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु पारस आफै फेसबुकमार्फत अपडेट गरिरहेका छन् ।

विगत २४ घन्टामा पूर्व युवराज पारस शाह फेसबुकमा १२ पटक लाइभ आएका छन् ।

शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी भन्दै साहले भिडियो अपलोड गरेका छन् । जहाँ १५ बीस जना युवायुवती खानपानमा मस्त देखिन्छन् । विदेशी संगित र मदिरका तालमा उनीहरु मस्त छन् । पारसको आवाज सुनिन्छ, नो कोरोना……

त्यसपछि पारसले स्टाटस अपडेट गरेका छन् । जहाँ उनले देश भर पूरै लकडाउन नगरेर चेकपोइन्टहरु बन्द गर्नु पर्न सरकारलाई सुझाव दिन्छन् र देशलाई लकडाउनमा राख्न पैसाको खेलोमेलो भएको आरोप पनि लगाउँछन् ।

पारस विहानपख फेसबुक लाइभमा देखा पर्छन् । उनले घरको छलबाट बाहिरको दृश्य देखाउँछन् ।

दारी पालेका, कपाल बाँधेका र घाँटीका रुद्राक्ष लगाएका पारसले संगितको तालमा योगा गर्छन् । चुरोटको धुवा क्यामरामा पर्ने गरी उडाउँछन् । लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँछन् । र खै लाकडाउन भन्दै प्रश्न पनि गर्छन् ।

केही लाइभमा चर्को विदेशी संगीतको तालमा उनी हल्लिछन् । म्युजिक सिस्टममा ठूलो स्वरमा गीत बजाइएको स्थानमा अन्य युवायुवती पनि रहेका हुन् । एक लाइभमा युवती पनि धेरै बेर पारसेले देखाउँछन् । उनी सोनिका रोकाय हुन् वा हाइनन् भन्ने एकीन गर्न भने सकिँदैन ।

ब्रेकअपको स्टाटस

मस्ती गरेका लाइभ भिडियोहरु भन्दा अगाडि पूर्व युवराज पारस साहले एउटा स्टाटस लेखेका छन् ।

जहाँ धेरै मानिसले प्रतिक्रिया पनि जनाएका छन् ।

ब्रेक अप फाइनल्ली, फ्रि एट लास्ट लेखेर उनले स्टाटस लेखेपनि कोसँग भन्ने खुलाएका छैनन् ।

उनको र पत्नी हिमानी साहबीच सम्बन्ध राम्रो नभएका समाचारहरु बाहिरिएका छन् ।

पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँगको सम्बन्ध विच्छेद गरेका हुन् त? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।

त्यसअघि उनले फाइनल्ली व्याक फर्गट द्याट आइ चेन्जड् पासवर्ड भन्ने स्टाटस लेखेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : २५ बजे

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा