पदोन्नति भएका एसएसपी र एसपीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

पदोन्नति भएका एसएसपी र एसपीलाई दर्ज्यानी चिन्ह प्रदान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई आज (आइतबार) दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

पदोन्नती भएका सबै प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख १८ गतेको निर्णयअनुसार २४ प्रहरी नायब उपरीक्षक एसपीमा पदोन्नति भएका थिए।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

बढुवासँगै प्रहरी अधिकृत थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न उनले आग्रह गरे।

राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैँ उदाहरणका रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्नसमेत उनले निर्देशन दिए।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका