कोरोना भाइरस : विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ६४ लाख ७३ हजार संक्रमित, ३ लाख ८१ हजारको मृत्यु


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५१९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ७०९ पुगेको छ ।

३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।

२० लाख ११ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : २२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु