अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन | Khabarhub Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै जारी प्रदर्शनले एक साता नाघेको छ ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ ।

अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै तथा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी,  मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिएका छन् तर पनि प्रदर्शन रोकिएको छैन ।

फ्लोइड हत्याको बिरोधमा अमेरिकाबाहिर पनि प्रदर्शनहरू भएका छन् ।

गएको सोमबार (मे २५ मा) डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले घाटी र ढाडमा थिचेर अक्सिजन अभावले भएको दावी गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ४४ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध