अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन « Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै जारी प्रदर्शनले एक साता नाघेको छ ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ ।

अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै तथा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी,  मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिएका छन् तर पनि प्रदर्शन रोकिएको छैन ।

फ्लोइड हत्याको बिरोधमा अमेरिकाबाहिर पनि प्रदर्शनहरू भएका छन् ।

गएको सोमबार (मे २५ मा) डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले घाटी र ढाडमा थिचेर अक्सिजन अभावले भएको दावी गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ४४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन