अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन | Khabarhub Khabarhub

अश्वेत व्यक्ति मृत्यु प्रकरण : कर्फ्यूबीच अमेरिकामा एक हप्तादेखि प्रदर्शन


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकामा कर्फ्यूको वेवास्ता गर्दै जारी प्रदर्शनले एक साता नाघेको छ ।

प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहितका कम्तिमा २३ राज्यका ७५ भन्दा बढीमा शहरमा पुगेको छ ।

अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै तथा कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी,  मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भए पनि प्रदर्शन नरोकिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालनको चेतावनी दिएका छन् तर पनि प्रदर्शन रोकिएको छैन ।

फ्लोइड हत्याको बिरोधमा अमेरिकाबाहिर पनि प्रदर्शनहरू भएका छन् ।

गएको सोमबार (मे २५ मा) डेरेक शौभिन नामक ४४ वर्षीय (पूर्वप्रहरी) सुरक्षा गार्डले  ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेको र त्यसको केही बेरमा फ्लोइडको मृत्यु भएको आरोप लाग्दै आएको छ ।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले घाटी र ढाडमा थिचेर अक्सिजन अभावले भएको दावी गरेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ४४ बजे

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका

लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को अध्यक्षमा भारत चयन भएको छ

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने

कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त 

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने