कैलालीका अस्पतालमा आइसोलेसन वार्ड भरिए, बिरामी राख्न समस्या « Khabarhub

कैलालीका अस्पतालमा आइसोलेसन वार्ड भरिए, बिरामी राख्न समस्या


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा रहेका आइसोलेसन वार्ड भरिएपछि बिरामी राख्न समस्या भएको छ ।

आइसोलेसन वार्ड भरिएपछि थप कोरोना सङ्क्रमित राख्न समस्या भएको अस्पतालले जनाएको छ ।

कैलालीका यी दुवै अस्पतालमा रहेका आइसोलेसन वार्डमा सङ्क्रमित बिरामी भरिएपछि समस्या भएको छ ।

मङ्गलबार कैलालीका १० जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितलाई राख्न आइसोलेसन वार्डमा शैय्या अभाव भएको सेती अञ्चल अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालसँग २४ शैय्या र टीकापुर अस्पतालमा १२ शैय्याको आइसोलेसन वार्ड छ । सेतीमा बिरामीको सङ्ख्या २५ पुगिसकेको छ ।

अझै गौरीगङ्गाका पाँच सङ्क्रमितलाई पनि सेती अस्पताल लैजाने तयारी भएको छ । अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा. हेमराज पाण्डेले शैय्या अभाव भएकाले बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या भएको बताए ।

टीकापुर अस्पतालमा १२ शैय्याको आइसोलेसन वार्ड छ । यहाँ १३ जनाको उपचार भइरहेको छ ।

टीकापुरमा मङ्गलबार चार जनामा सङ्क्रमण देखिएपछि एक जनालाई शैय्या अभाव हुँदा अस्पतालका अन्य वार्डमा रहेको शैय्या प्रयोग गरेर बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दुवै अस्पताल भरिएकाले अब अन्य ठाउँमा पनि विकल्प खोजी गरी बिरामी राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ९ : ४० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर