पक्राउ परेका हाइप्रोफाइल जुवाडे छुटेका छैनन् : प्रहरी « Khabarhub

पक्राउ परेका हाइप्रोफाइल जुवाडे छुटेका छैनन् : प्रहरी


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुवाखालबाट पक्राउ परेका हाइप्रोफाइल जुवाडे हिरासतमै रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ९ जना ठूला व्यापारीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरुलाई हिरासतमा राखिएको हो ।

महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपी रञ्जन दाहालले पक्राउ परेका सबैजना हिरासतमै रहेको जानकारी दिए ।

उनले भने, ‘जिल्ला प्रशासनबाट म्याद थप गरेर अनुसन्धान जारी राखेका छौं, पक्राउ परेका सबै हिसासतमै छन् ।’

त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी राजकुमार केसीले पनि जुवा खालबाट पक्राउ परेका कसैलाई पनि नछाडिएको बताए ।

‘अहिलेसम्म कसैलाई छोडिएको छैन।’, प्रवक्ता केसीले भने, ‘अनुसन्धान प्रक्रिया अघि बढाएका छौं, कानून अनुसार कारबाही हुन्छ ।’

गत सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेका छन् ।

प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपैयाँ नगद बरामद गरेको थियो । साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २९ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर